बेनी-दरवाङ सडकः रणवाङ-तोलावाङ खण्ड कालोपत्र पूरा
काठमाडौं । बेनी-दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ ।
मङ्गला गाउँपालिका-२ रणवाङको खहरेखोलादेखि रणवाङ–सहश्रधारा-दुखुखोला-तल्लोदुखु-रातोढुङ्गा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो । खहरेखोलाबाट तोलावाङसम्म तीन किलोमिटर ३०० मिटर सडक कालोपत्र भएको छ ।
मङ्गला गाउँपालिका-२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग २२ करोड ५७ लाख ९३२ मा सम्झौता भएको हो ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर यो सडक २०६३ सालमा खुलेको हो । यसअघि बेनी-सिमसम्म १२.५ किलोमिटर खण्ड भने कालोपत्र भइसकेको छ । सिम-पानाबगर खण्डको चार किलोमिटरको काम पनि पूरा भएको छ ।

.gif)