sevenstartv.com १६ असार २०८३, मङ्गलवार

बलात्कारीलाई कारबाही गर्न माग

२७ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जसपाकी सांसद् रञ्जुकुमारी झाले बलात्कारसम्बन्धी कानुन भएपनि कार्यान्वयन नहुँदा बलात्कारका घटनाहरू भइरहेको भन्दै सरकारसँग कानुन कार्यान्वयन गर्न माग छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद् झाले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेकी हुन् । उनले भनिन् ,‘जबसम्म कडा रूपमा कानुन कार्यान्वयन हुँदैन तबसम्म यस्ता अपराधीहरूको अपराध समाजबाट हुन छाड्दैनन् ।’

उनले सप्तरीबाट गाजा तस्करी बढेको भन्दै त्यसको नियन्त्रण गर्न प्रहरी प्रशासनलाई आग्रह गरिन् ।