सरकारको कुशासनको परिणाम राजावादीहरू सडकमा उत्रिए : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको विगत सात महिनाको कुशासनको परिणाम राजावादीहरू सडकमा उत्रिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभालाई सम्बोधनका क्रममा वर्तमान सरकारको अक्षमताका कारण देशका हरेक तप्का र समुदाय आन्दोलनको मोडमा पुगेको बताएका हुन् ।
दाहालले फागुन २५ भएको राजावादीको आन्दोलनमा विदेशी शक्तिको चलखेलसमेत रहेको बताएका छन् । ‘राजावादी यसरी सक्रिय हुनुमा संगठित शक्ति लागेको छ’, उनले भने, ‘देशभित्रबाट मात्रै होइन, विदेशी शक्तिले पनि राजावादीलाई उकास्न चलखेल गरेका छन् ।’








