sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'गणतन्त्रको विकल्प अरू हुन सक्दैन'

२७ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताए छन् ।

महोत्तरीको बर्दिबासमा तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकको समापनको क्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष राउतले सरकारको कमजोर डेलिभरीका कारण केही असन्तुष्टिहरू देखिए तापनि ठूला दलहरू भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने जिकिर गरेका हुन् ।

‘हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ ।’ अध्यक्ष डा.राउतले भने, ‘जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौँ तर समाजवादी गणतन्त्र भने होइन ।’

उनले सरकारको कार्यसम्पादन कमजोर भएकै कारण राजावादीहरूले टाउको उठाएको दाबी गरे ।