sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

नीतिगत समस्याले निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुने महासंघ अध्यक्ष ढकालको भनाई

निर्धक्कसँग उद्यम गर्ने वातावरण निर्माण गर्नसके उद्यमशीलता बढ्ने विस्वास

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग व्यवसायीलाई नीतिगत कारणले निरुत्साहित गर्न नहुने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले अधिकांश रोजगारीको सिर्जना गर्ने निजी क्षेत्र भएको दाबी गरेका हुन् । 

अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनले ८६ प्रतिशत रोजगारको सिर्जना निजी क्षेत्रले गरेको जिकिर गरे । सरकारले उद्योग व्यवसायीहरुले निर्धक्कसँग उद्यम गर्ने वातावरण निर्माण गर्नसके उद्यमशीलता बढ्ने र रोजगारी सिर्जना हुने उनको भनाइ छ ।