sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

राजतन्त्रको पक्षमा कुनै माहोल नभएको कांग्रेस सभापति देउवाको दाबी

आइतबार काठमाडौंमा हल्ला मात्रै गरेको जिकिर

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजतन्त्रको पक्षमा कुनै माहोल नरहेको दाबी गरेका छन् । 

कैलालीको धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले राजतन्त्रको पक्षमा आइतबार राजधानी काठमाडौंमा राजावादीले हल्ला मात्रै गरेको टिप्पणी गरेका हुन् । आइतबार काठमाडौंमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई हल्ला भन्दै उनले त्यसको कुनै अर्थ नरहेको बताए । 

सभापति देउवाले सरकार सञ्चालनमा सत्तारूढ दलहरूबीच कुनै असमझदारी नरहेको पनि दाबी गरे । उनले यो समीकरण २०८४ सम्मै जाने ठोकुवा गरेका छन् । सभापति देउवाले पार्टीको १५ औं महाधिवेशन समयमै हुने पनि बताए । 

यो पनि पढ्नुहोस्