sevenstartv.com ६ पुष २०८२, आइतवार

नेप्से परिसूचक २०.६८ अंकले घट्याे

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बाराबरको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर मात्र कारोबार भएको छ ।

सोमबार ४४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । सोमबार दिनभरमा ३११ वटा कम्पनीको शेयर ८७ हजार १५६ पटक किनबेच भएको छ ।

१३ वटा समूहमध्ये अन्य समूहबाहेक सबै समूह राताम्य भएका छन् । आज अन्य समूह भने ०.०८ प्रतिशतले बढको छ । सबैभन्दा बढी म्युचुअल फण्ड समूह ३.०६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.४४ प्रतिशतले घटेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्