१६ औँ राष्ट्रिय मानवअधिकार महाभेला-२०८१ प्रतिवेदन सार्वजनिक
काठमाडौं । १६ औँ राष्ट्रिय मानवअधिकार महाभेला-२०८१ प्रतिवेदन सार्वजनिक भएको छ ।
शुक्रबार ललतिपुरमा एक कार्यक्रमबीच प्रतिवेदन सार्वजनिक भएको हो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले भाषिक रुपमा लैंगिक समानताका प्रगतिको अनुगमन, मूल्याकन गर्न जरुरी रहेको बताए ।
उनले महिलाको विकास, सशक्तिकरणमा जोड दिनुपर्ने बताएका छन् । उनले आयोगका सिफारिसहरु पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले सरकारले लैंगिक समानताको नीति लागू गर्नुपर्ने बताएका छन् ।








