नेपालमा पूर्वाधार बनाउनु अभिशाप जस्तो हुन थालेको महासंघका अध्यक्ष ढकालको टिप्पणी
निर्माण व्यवसायीले सहज रुपमा काम गर्ने वातावरण नबनाएको गुनासो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा रोजगारी सिर्जना गर्नु, लगानी गर्नु, सरकारलाई ट्याक्स तिर्नु, आम नागरिकलाई सुविधा दिनु र पूर्वाधार बनाउनु दुष्कर्म गरेको जस्तो भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा लगानी गर्नु, पूर्वाधार बनाउनुलाई नकारात्मक रुपमा लिने गरिएको उल्लेख गरेकान हुन् । उनले केही राजनीतिक दलका नेताहरु र केही संघसंस्थाहरुले विकासका कामलाई बिरोध गर्ने गरेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले उद्यमी व्यवसायीहरुको उत्साहमा कमी आउनु, मनोबल खस्किन दिनु नहुने बताएका छन् । उनले सानो अर्थतन्त्र भएको नेपालमा पछिल्ला दुई वर्षमा ७५ हजार भन्दा बढी व्यक्तिहरु कालोसूचिमा पर्नु चिन्ताको विषय भएको बताए । चुनौति लिएर थप नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीहरुलाई आँट आउन नसक्नुले थप समस्या निम्तिने जिकिर गरेका छन् ।
अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव केन्द्रिय बैंकको रहने र मुलुकको आर्थिक नीति सफल बनाउन मौद्रिक नीति जारी गर्ने केन्द्रिय बैंक भएपनि केही समय यता आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल नमिलेको बताए ।

.gif)