हामी मिलेर देश बनाउँछौँ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घर पुगेका छन् ।
बिहीबार बिहान प्रचण्डसहितका माओवादी नेताहरू महोत्तरीको एकडारा गाउँपालिकास्थित बालेन्द्रको पुर्ख्यौली घरमा पुगेका हुन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा बालेन्द्रको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ ।
प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरेका छन् । त्यसक्रममा उनले स्थानीयसँग अन्तक्रिया पनि गरे । प्रचण्डले बालेनको घरमा आइपुग्दा आफूलाई एक किसिमको रमाइलो पनि लागेको बताए ।
‘बालेन साहको पुर्ख्यौली घरमा आइपुगेका छौँ । उनका बुवा लगायत काकाहरूको घरमा, हामी आइपुगेका छौँ’, उनले भने, ‘यसले पनि एउटा रमाइलो महसुस भएको छ । बालेनजीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’
प्रचण्डले मिटरब्याजपीडितका समस्या समाधान गर्न अझै पनि जालझेल भइरहेको बताएका छन् ।








