sevenstartv.com १६ असार २०८३, मङ्गलवार

बुधबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसद्लाई ह्विप

२० फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसद्हरूलाई निर्देशन जारी गरेको छ ।

बुधबार दिउँसो १ बजे बस्ने बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद बैठकमा उपस्थित हुन सांसद्हरुलाई ह्विप जारी गरिएको हो ।

सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसद्‌मा पेस गर्दैछ । जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ ।