देश बनाउन सबैले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको आग्रह
श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिए दण्ड दिने चेतावनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार टे«ड युनियन आन्दोलनको ७८औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताएका हुन् ।
उनले राम्रो काम गर्नेलाई जसरी पनि बिरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद् भएको बताए । उनले यसअघि प्रधानमन्त्री बन्दा पनि आफूले एक सय एक ऐतिहासिक कामहरु गरेको जिकिर गरेका छन् ।








