तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना छैन् : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।
मंगलबार धनुषामा प्रेस संगठन नेपालको पत्रकार सम्मेलनमा उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै सम्भावना नरहेको बताउनु भयो । नेता खनालले एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताएका हुन् ।
उनले आज राष्ट्रियतामाथि खतरा बढेको कारण कार्यगत गएकता गर्न सकिने बताएका छन् ।








