नेपाल कानून व्यवसायी परिषद् संशोधन विधेयक पारित
काठमाडौं । राष्ट्रिय सभाको बैठकले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।
आइतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि निर्णय गरियोस् भनी राखेको प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
मन्त्री चौरसियाले कानून व्यावसायी प्रतिष्ठान ९लयर्स एकेडेमी०को स्थापना गर्नु विधेयकको मुख्य उद्देश्य रहेको बताए ।
उनले कानून विषयको स्नातक वा सो सरहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा समेत विधेयक सम्बन्धित छ ।








