विद्यालय तहका विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्न सक्ने शिक्षा दिनुपर्छ : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालय तहका विद्यार्थीलाई भविष्यमा आर्थिक उपार्जन गर्न सक्ने शिक्षा दिनुपर्ने बताएका छन् ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको काठमाडौं शैक्षिक मेलालाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई कितावको ज्ञानका साथै भविष्यमा जीविकोपार्जन गर्नसक्ने सीप सिकाउनु पर्ने बताएकी हुन् ।
उनले महानगरले सुरु गरेको कार्यक्रमबाट सबै सीप र व्यवसायको सम्मान गर्नुपर्ने कुरा विद्यार्थीले बुझेको बताउनु भयो । हरेक विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्नसक्ने गरी सीपसहितको शिक्षा प्रदान गर्नुपर्ने उनको भनाइ छ ।








