sevenstartv.com ३ पुष २०८२, बिहिवार

साविक विजेता पाकिस्तान आईसीसी च्याम्पियन्स ट्रफीको जितविहीन

अंक तालिकामा पुछारमा रहँदा प्रतियोगिताबाटै बाहिरियो

१५ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । साविक विजेता समेत रहेको घरेलु टिम पाकिस्तान जितविहीन बन्दै आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ ।

पाकिस्तानले तालिकाअनुसार बिहीबार बंगलादेशविरुद्ध खेल्ने तय थियो । तर, वर्षाका कारण खेल टस समेत नभई रद्द भएसँगै घरेलु टिम जितविहीन बनेको हो । समूह ‘ए’ को पुछारमा सीमित बनेको पाकिस्तानले तीन खेल खेल्दा दुई हारसहित एक अंक मात्र जोड्न सक्यो ।

पाकिस्तान प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डसँग ६० रनले र दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । यता, पाकिस्तानसँगै बंगलादेश पनि समूह चरणबाटै बाहिरिएको छ । बंगलादेश समूह ‘ए’ को तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । यो समूहबाट भारत र न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा तय गरेका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्