sevenstartv.com ७ पुष २०८२, सोमवार

७ महिनामा ५२ करोडको कोदो आयात

१३ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सात महिनामा ५२ करोड रुपैयाँको कोदो आयात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा ५२ करोड ५ लाख २२ हजार रुपैयाँको १०३९९.५६ मेट्रिक टन कोदो आयात भएको हो ।

यसमध्ये २ लाख २३ हजार रुपैयाँको ४.०७ मेट्रिक टन बीउ कोदो आयात भएको छ भने ५२ करोड ३ लाख रुपैयाँको १ हजार ३९४.९८ मेट्रिक टन  अन्य कोदो आयात भएको भन्सार विभागले जनाएको छ । 

सो परिमाणमा कोदो आयात हुँदा ३ करोड ९० लाख ९२ हजार  रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्