'नेपाल उन्नत र विकसित राष्ट्रको तहमा पुग्न धेरै समय लाग्दैन्'
काठमाडौं । नेपाली विद्यार्थी संघका पूर्व केन्द्रिय समिति सदस्यहरुले नेतृत्वले सुझबुझका साथ राज्य सञ्चालन गरे नेपाल उन्नत र विकसित राष्ट्रको तहमा पुग्न धेरै समय नलाग्ने बताएका छन् ।
काठमाडौंमा नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रिय सदस्य रञ्जित कर्णले हालसम्म भएका विभिन्न राजनीतिक आन्दोनलहरु नेपाली कांग्रेसकै नेतृत्वमा सफल भएको दाबी गरेका छन् ।
उनले अबको युग आर्थिक समृद्धि र विकासको भएकाले यसको नेतृत्व काँग्रेसले मात्रै गर्नसक्ने जिकिर गरे । उनले नयाँ पार्टीहरुले जनतामा भ्रम सिर्जना गर्ने गरेको आरोप समेत लगाएका छन् ।








