'चुरे दोहन र वन विनाशविरुद्ध संघर्ष गर्छौँ'
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको वेथितिविरुद्ध संघर्ष गर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकमा उनले उपत्यकामा भइरहेको गैरन्यायिक सडक बिस्तारको विरुद्धमा पनि संघर्ष जारी राख्ने बताएका हुन् ।
चुरे दोहन, वन विनास तथा मधेस सरकारको वेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद बैठकमा छलफल हुने उनको भनाइ छ ।








