sevenstartv.com ५ पुष २०८२, शनिवार

अल नासर साउदी सुपर कपको फाइनलमा

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

प्रो लिग प्रतिद्वन्द्वी अल ताओनलाई २-० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो । १० खेलाडीमा समेटिएको अल नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसँगै एमन अहमेदले गोल गरे ।

प्रिन्स सुल्तान बिन अब्दुलअजिज स्पोर्ट्स सिटी स्टेडियम अभामा गएराति भएको खेलको सातौं मिनेटमा एमन अहमेदले गोल गर्दै अल नासरलाई पहिलो हाफमा १-० को अग्रता दिलाए । पहिलो गोलका लागि सहायता प्रदान गरेका रोनाल्डोले ५७ औँ मिनेटमा गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे ।

खेलको अन्त्यतिर अल नासर १० खेलाडीमा समेटिन पुग्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोजोभिच सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

अल नासरले उपाधिका लागि अल हिलालसँग प्रतिस्पर्धा गर्ने छ । गत सिजनको प्रो लिग, किङ्स कप र सुपर कप विजेता अल हिलालले अल एहेलीलाई टाइब्रेकरमा ४-१ ले पराजत गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्