sevenstartv.com १६ असार २०८३, मङ्गलवार

विश्व शान्ति र स्थायित्वका लागि १ लाख ५४ हजार नेपाली सेनाको योगदान

शान्ति सेना खटाउने राष्ट्रमा अग्रणी स्थानमा

११ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली सेनाले विश्व शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघमार्फत एक लाख ५४ हजार ३४० नेपाली सैनिकले योगदान गरेको बताएको छ । 

नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गरेर हालसम्म गरेका कार्यबारे जानकारी दिएको हो । नेपाली सेनाका युद्धकार्य निर्देशक सहायक रथी रविन्द्र खत्रीले शान्ति स्थापनाका लागि खटिएका ७३ नेपाली सैनिकले वीरगति प्राप्त गरेको बताएका हुन् । 

उनले शान्ति कार्यमा खटिएका ६९ सैनिक घाइते भइ आजीवन असहज जीवनयापन गरिरहको समेत बताए  । संयुक्त राष्ट्रसंघमार्फत शान्ति सेनामा सैनिक खटाउने राष्ट्रमा नेपालको स्थान अग्रणी रहेको उनको भनाइ छ ।