पाथीभरामा केबलकार निर्माण कानुन अनुसार नै अघि बढेको सांसद् भट्टराईको दाबी
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद्हरूले पाथीभराको मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माण गर्ने विषयमा भइरहका विवाद उठान गरेका छन् ।
शनिबार राति ताप्लेजुङको फुङलिङमा केबलकार निर्माणको विरोध गर्दै आएको समूह र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका थिए । प्रदर्शनकारीले स्थानीयका घरमा समेत मसाल फालेका थिए ।
यस विषयमा सांसदहरूले बैठकमा प्रश्न उठाएका छन् । नेकपा एमालेका सांसद् योगेश भट्टराईले केबलकार निर्माणका लागि कानुनले नै दिएको बताउनुभयो । उहाँले विरोध गर्ने अधिकार भएपनि कसरी गर्ने भन्ने हेक्का रहने दावी गरे ।
उनले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ऐन कानुनको व्यवस्था अनुसार नै केबलकार निर्माणका निम्ति कुनै निजी क्षेत्रलाई अनुमति दिएको जिकिरसकेत गरेका छन् ।








