sevenstartv.com २७ मंसिर २०८२, शनिवार

पाकिस्तानको सिन्धमा तीर्थयात्री बस दुर्घटनाः १२ जनाको मृत्यु, १५ घाइते

५ फागुन २०८१, सोमवार स्टार संवाददाता

पाकिस्तान ।  पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ । प्रान्तको खैरपुर जिल्लाको राष्ट्रिय राजमार्गमा तिब्र गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो ।

पूर्वी पञ्जाव प्रान्तबाट तीर्थयात्रामा धार्मिक उत्सव मनाउन सेहवान शहर जाँदै गरेका यात्रुहरू जिल्लाका स्रोतहरूले बताए । महिला र बालबालिका लगायत घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ ।

जसमध्ये धेरैको अवस्था गम्भीर रहेको स्रोतहरूले बताएका छन् । खराब मर्मतसम्भार गरिएका सडकहरू, सडक सुरक्षा नियमहरूको उल्लङ्घन र लापरवाह ड्राइभिङका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटनाहरू हुने गर्छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्