sevenstartv.com १ पुष २०८२, मङ्गलवार

गीतकार केदार उप्रेतीको मान्टिक गीत 'नींद न आइ' सार्वजनिक (भिडियो)

४ फागुन २०८१, आइतवार स्टार संवाददाता

 काठमाडाैं । 'भ्यालेन्टाइन डे'को अवसर पारेर गीतकार केदार उप्रेतीले नयाँ रोमान्टिक गीत 'नींद न आइ' सार्वजनिक गरेका छन् ।

अनु चौधरी र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । क्रियटिभ युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा गीता ढुंगाना र लक्षु शर्मा फिचर्ड छन् ।

उत्तम हुमागाईंको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई ”क्रिस्टल क्रियसन ”को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।अमेरिकाको पेन्सलभेनिया निवासी गीतकार उप्रेतीको यसअघि पनि धेरै गीत ,साहित्यिक रचना हरु आइसकेका छन् । 

https://www.youtube.com/watch?

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्