अघि बढ्यो दुधकोशी जलबिद्युत आयोजना
काठमाडाैं । खोटाङ, ओखलढुङा र सोलुखुम्बूलाई सिमाना बनाएर बग्ने दुधकोशी नदीमा प्रस्तावित 'दुधकोशी जलासययुक्त जलबिद्युत आयोजना' निर्माणको सुनिश्चितता हुने गरी मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ । यस अघि रहेको मुआव्जा सम्बन्धी अन्योल अब हटेको छ र सरकारले आयोजनालाई अघि बढ्न मार्गप्रसस्त गरेको छ ।
आयोजनाले यस अघि नै भोजेघाट पुल, भाडबेंशी पुल र रबुवा बेलीबृजको टेन्डर गरिसकेको छ भने धित्तुङ र बिजुलेको सडक बनाउने तयारी पनि अघि बढेको छ ।
अबको दुइ महिना भित्र वातावरणीय प्रभाव मूल्याङ्कन ( EIA) सम्पन्न हुनेछ भने सेप्टेम्बरमा बित्तिय श्रोत सुनिश्चित ( Finincial Closer ) हुनेछ ।
अबको मुख्य काम मुआव्जा निर्धारण र बितरणतर्फ केन्द्रीत हुनुपर्नेछ र यो चुनौतिपूर्ण कामका लागि सबैको सकारात्मक एकता अपरिहार्य छ ।









