sevenstartv.com २२ मंसिर २०८२, सोमवार

काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा एसइई सँग जुधायाे

२९ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा माध्यमिक शिक्षा परीक्षा (एसइई) सँग जुधाएको छ ।

महानगरपालिकाले निकालेको परीक्षा तालिकामा चैत ७ गतेदेखि कक्षा ८ को परीक्षा हुने उल्लेख छ । उक्त परीक्षा तालिका अनुसार चैत ७ गते अंग्रेजी विषयको परीक्षा हुनेछ ।

तर,२०८१ सालको एसइई परीक्षा पनि चैत ७ गतेदेखि सञ्चालन हुने गरि अघि नै राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेर पनि परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।   

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्