sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

काठमाडौंको बूढानीलकण्ठमा प्रहरीको छापा, अनलाइन जुवामा संलग्न २३ भारतीय नागरिक पक्राउ

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट अनलाइन जुवा खेलाउने अखडामा प्रहरीले छापामारी २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गएराति गरेको सर्च अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका-३ स्थित एक घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउने गरेको पाइएको छ ।

उनीहरूको साथबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप र ८१ हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई अनुसन्धानकै क्रममा रहेको र डिभाइस परीक्षण हुन बाँकी भएकाले यकिन कुरा खुलि सकेको छैन् ।

उनीहरूमाथि सट्टेबाजी कसुरमा म्याद थपको तयारी गरिएको छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्