sevenstartv.com १६ असार २०८३, मङ्गलवार

बाँदरले देशभरि आतङ्क सिर्जना गरेको छ : रामहरि खतिवडा

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । कांग्रेस सांसद् रामहरि खतिवडाले नेपालमा बाँदरलाई हानिकारक जन्तुका रूपमा राखेसँगै बेच्ने व्यवस्था भएको छ कि छैन भनेर सरकारलाई सोधेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद् खतिवडाले बाँदरले देशभरि आतङ्क सिर्जना गरेको बताएका हुन् । 

‘श्रीलङ्काले चाइनालाई बाँदर बेचेर राजश्व पनि कमाउने र हानिकारक बाँदर पनि बेच्ने काम गर्‍यो’, खतिवडाले भने,  ‘नेपालमा पनि बाँदरलाई हानिकारक जन्तु घोषणा गरेसँगै चीनतिर बेच्ने व्यवस्था गरेको छ कि छैन रु यसतर्फ के पहल भइरहेको छ ?’

उनले पहाडी क्षेत्रमा मानिसहरू बाँदर आतङ्कका कारण बस्नै नसक्ने भएको बताएका छन् ।