sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सन्तोष परियारकाे प्रश्न- दलितले अन्तरजातीय विवाह गरेबापत मारिनुपर्ने ?

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर समस्या समाधान गर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले राजनीतिक दलप्रति आफूहरूको विश्वास टुटिसकेको पनि बताएका हुन् । हरेक वर्ष अन्तरजातीय विवाह गरेको र प्रेम गरेकै कारण उठिबास लगाउने काम भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

‘हाम्रा सबै प्रयत्नबाट संविधान निर्माण गर्यौं । तर, आज हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेबापत मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू उठिबास लाग्नुपर्ने ? राज्यका संयन्त्रहरू दलितका अधिकार कुल्चिन प्रयोग हुनुपर्ने ?,’ परियारले भने ।