sevenstartv.com २७ मंसिर २०८२, शनिवार

मकवानपुरको भीमफेदीमा ग्यास बुलेट दुर्घटना

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । भीमफेदी गाउँपालिका वडा नम्बर १ रातोमाटेस्थित त्रिभुवन राजपथ सडक खण्डमा ग्यास बुलेट दुर्घटना भएको छ । दुर्घटनापछि उक्त सडक खण्ड एकतर्फी मात्रै सञ्चालन भएको प्रहरीले जनाएको छ ।

हेटौँडा बजारबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ईन्डियन ग्यास लोड बुलेट गाडी दुर्घटना आइतबार राति करिब ९ बजेतिर दुर्घटना भएको हो । 

ग्यास बुलेट पल्टिएको रोडको भित्ताको साइडबाट ट्रयाक खोलेर हाललाई अस्थायी रूपमा साना सवारी साधनलाई एकतर्फी बाटो खोलिएको छ । 
ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने भएको छैन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्