sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजनीति समाजका समस्या समाधान गर्ने साधन हाे : बाबुराम भट्टराई

२७ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन् । 

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरुको बीचमा नै विमर्श हुनुपर्ने बता.एका हुन् । अध्यक्ष भट्टराईले वैकल्पिक राजनीति भनेको रुपान्तरणकारी राजनीति भएको बताए । 

उनले बेइमान र ठगहरुको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले अघि बढ्न नसक्ने अवस्था रहेको बताएका छन् । उनले राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व भएको पनि बताएका हुन् । आफूहरुले गर्ने राजनीति रुपान्तरणकारी राजनीति भएको बताए ।