sevenstartv.com ७ पुष २०८२, सोमवार

जुम्लामा ११ किलोमिटर सडक निर्माण

२५ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । जुम्ला स्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ । 

झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका-४ स्थित गिडीदह, सिञ्जा-२ स्थित रनुखाना, हिमा-१ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ ।

लाम्रोचौर गाडापारी र मसानघाट जिम्री  जिउलामा पुल बनाउन रकम अभाव भएको छ । साथै तातोपानी, सिञ्जा र कनकासुन्दरी गाउँपालिका क्षतिग्रस्त झोलुङ्गेपुलहरु मर्मतसम्भार गरिने छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्