एलपी ग्यास उद्योगवारा १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार संघले ललितपुरमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो ।
सम्मेलनमा संघका अध्यक्ष शिव घिमिरेले ५९ उद्योगहरु नेपालमा सञ्चालन रहेको अवस्थामा विस्फोटक ऐन कानून र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै ईजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको बताए । उनले नेपाली ढुवानी साधन नहुदा वार्षिक खर्बौ रुपैयाँ विदेशीएको बताएका छन् ।
उनले संघले आगामी माघ ३० गते बुधवारदेखि देशभरका ५९ वटै एल।पी। ग्याँस उद्योगहरुले नेपाल आयल निगम बाट प्रोडक्ट डेलिभरी अडर ९पीडीओ० खरिद नगर्ने नगराउने बताए । उनले फाल्गुण १ देखि ५ गते सम्म सबै ग्याँस उद्योगहरुले बिरोधका कार्यक्रमहरुबारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरुमार्फत र केन्द्रमा नेपाल एल।पी। ग्याँस उद्योग संघले प्रचारप्रसार गर्ने बताए ।
फाल्गुण ६ देखि भारतको इण्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने उल्लेख गरे । आगामी फाल्गुण १२ गते देखि नेपालका लागि लोड भएर आएका कुनै पनि ग्याँस बुलेटहरु कुनैपनि भन्सार नाका बाट नछुटाउने उल्लेख गरेका छन् ।

.gif)