sevenstartv.com ५ पुष २०८२, शनिवार

चर्च ब्वाइज एफसी पारोसँग २-१ ले पराजित

२९ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । एएफसी च्यालेन्ज कपअन्तरगत चर्च ब्वाइज युनाइटेड एफसी पारोसँग पराजित भएको छ । पारोसँग २—१ को हारसँगै पारो प्रारम्भिक छनोटबाटै बाहिरिएको छ।

पारोको जितमा किङ्गा वाङ्चुक र विलियम ओपकुले गोल गरे। यस्तै, चर्च ब्वाइजका लागि लाकेन लिम्बूले गरेको गोल सान्त्वना बन्यो।

३९औं मिनेटमा लाकेन लिम्बूले चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाए। मोसेस टुमले मिलाइदिएको पासमा उनले गोल लाइननजिकबाट गरेको प्रहार गोलमा परिणत भयो। एक मिनेटपनि नबित्दै किङ्गा वाङ्चुङले गोलरक्षक दीप कार्की बिट भइसकेको अवस्थामा गोल गर्दै खेल बराबरीमा ल्याए।  

४७औं मिनेटमा चर्च ब्वाइजलाई खेलमा पुनः अग्रता लिने मौक थियो। तर, एरिकले गोल गर्न सकेनन्। 

६७औं मिनेटमा ओपकुले पुनः पारोलाई अग्रता दिलाए। ७६औं मिनेटमा ओपकुको प्रहार माथिल्लो बारनजिकबाट बाहिरिएको थियो। उनले होन्डाले निकाल्दिएको पासलाई सदुपयोग गर्न सकेनन्। 

निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा चर्च ब्वाइजले अर्को मौका बुनेको थियो। तर, मेसेसले पेनाल्टी बक्सबाट उक्त मौका गुमाए। योसँगै चर्च ब्वाइजको समूहचरणमा पुग्ने आशा समाप्त भयो।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्