sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

मंगलबार घट्याे नेप्से, २१ अर्ब ५१ करोड ५० लाख बराबरको कारोबार

२९ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सोमबार ७०.८१ अंकले बढेको नेप्से मंगलबार ८ दशमलव १८ अंकले करेक्सन भएको छ । मंगलबार नेप्सेमा कारोबार रकम समेत घटेको छ । मंगलबार नेप्सेमा २१ अर्ब ५१ करोड ५० लाख १० हजार बराबरको कारोबार भयो । 

सोमबार अहिलेसम्मकै धेरै २७ अर्ब २४ करोड २९ लाख ३४ हजार बराबरको कारोबार भएको थियो । मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा १५७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो भने ८० वटा कम्पनीको शेयर मूल्यमा मात्रै वृद्धि भयो । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेको तथ्यांकले देखाएको छ । 

समूहगत आधारमा हेर्दा मंगलबारको कारोबारमा बैंकिङ सूचक, फाइनान्स सूचक, लगानी सूचक, जीवन बीमा सूचक र व्यापार सूचक सकारात्मक रह्यो भने अन्य सूचकहरू नकारात्मक रहे । मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा मातृभूमि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

यो पनि पढ्नुहोस्