sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

वर्तमान सरकारको ६ महिनाको कार्यकाल निराशाजनक छ : राजेन्द्र लिङ्देन

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारको ६ महिनाको कार्यकाल निराशाजनक रहेको भन्दै कांग्रेस-एमालेको सरकारले जनतालाई कुनैपनि डेलिभरी दिन नसकेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नियमित कामलाई नै उपलब्धि भनेर प्रधानमन्त्रीले संसदमा गरेको व्याख्या उपलब्धि मान्न नसकिने बताएका हुन् । 

‘ सिद्धबाबाको ब्रेक थ्रु भो, फास्ट ट्रयाकमा पनि ब्रेक थ्रू भो, बंगलादेशसँग विद्युत् व्यापार भो भनेर प्रधानमन्त्रीले भन्नुभयो’, उनले भने, ‘के यो सरकार नभएको भए सिद्धबाबा ब्रेक थ्रु हुँदैन थियो रु कांग्रेस–एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो ? ’

उनले यसैलाई उपलब्धि मान्ने हो भने सरकार नै छैन भन्नुपर्ने अवस्था रहेको बताए । उनले सरकारले नै ऐन कानुन बनाएर भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै त्यो रोकिनुपर्ने बताए । 

 

यो पनि पढ्नुहोस्