विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा हितराज पाण्डेकाे विरोध
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा विरोध गरेका छन् । शुक्रबार संसदको अधिवेशनलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याउनु ठिक नभएको भन्दै विरोध गरेका हुन् ।
उनले भने, ‘सरकारले आवश्यकता अनुसार अध्यादेश ल्याउन पाइन्छ । संविधानमा उल्लेख छ । अध्यादेश संसद्को समितिमा छलफल भइरहेका बेला फिर्ता नलिई सरकार अध्यादेशमार्फत जान खोजेको त्यो बेठिक छ । समितिमै छलफल गरेको भए छिटो कानुन बन्थ्यो । जसरी सरकार संसद छलेर अध्यादेशको बाटोमा गएको छ । त्यसको विरोध गर्दछौँ ।’
.








