sevenstartv.com १६ असार २०८३, मङ्गलवार

करिब पाँच महिनापछि सुरु भयो संसद् अधिवेशन

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

 काठमाडौं । संघीय संसदको  हिउँदे अधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । 

अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यहरुले आ–आफ्नो मन्तव्य राख्ने जनाइएको छ ।