नेप्से परिसूचक २४.५० अंकले बढ्याे
काठमाडौं । आइतबार र सोमबार लगातार दुई दिन घटेको शेयर बजार मंगलबार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार २४ दशमलव ५० अङ्कले बढेर २ हजार ६ सय ५७.७७ विन्दुमा पुगेको छ ।
नेप्से दोहोरो अङ्कले बढेको दिन सबै समूहको शेयरमा वृद्धि भएको छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । मंगलबार उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन दोल्ती पावर कम्पनीको शेयर भने झन्डै साढे ८ प्रतिशतले घटेको छ । मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार झन्डै ९ अर्बको कारोबार भएकोमा मंगलबार ३ सय २५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ९ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

.gif)