विपद् व्यवस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपतकालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ ।
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरूपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ । यही हप्ता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प, कोभिड– १९ महामारी तथा २०८० साल कात्तिक १७ को जाजरकोट भूकम्पमा नेपालको स्वास्थ्य प्रणालीले प्रदान गरेका सेवा सराहनीय रहेको जनाइएको छ ।
यो सिकाइ विश्वका लागि पनि सिकाइ भइरहेकाले विश्व स्वास्थ्य सङ्गठनले अन्यत्र पनि कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले द्रुत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह परिचालनसम्बन्धी निर्देशिका, २०७९ जारी गरिसकेको छ ।

.gif)