sevenstartv.com ७ पुष २०८२, सोमवार

६ महिनामा आयो २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता

१५ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता ९एफडीआई० आएको छ । २०८१ पुस मसान्तसम्ममा २५ अर्ब ७७ करोड रुपैयाँ बराबर  वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार पुस मसान्तसम्म ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट गरी कुल २५ अर्ब ७७ करोड ६४ लाख बराबर लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा कुल ३ सय ५४ उद्योग दर्ता भएका छन् ।

दर्ता उद्योगमध्ये अटोमेटिक रुटबाट मात्र १ सय ५४  दर्ता भएको देखिएको छ । यो रुटबाट २ अर्ब ३८ करोड रुपैयाँ र अप्रुभल रुटबाट २३ अर्ब ३९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

यससँगै हालसम्म नेपालमा कुल वैदेशिक लगानीका लागि प्रस्तावित रकम ५ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।  स्वीकृत लगानीका लागि ६ हजार ७ सय ५३ उद्योग दर्ता भएको विभागले जनाएको छ । जसमध्ये साना उद्योग सङ्ख्या ३ सय ४५ छ । मझौला उद्योग सङ्ख्या ५ र ठुला उद्योग ४ रहेको विभागको तथ्याङ्क छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्