नेप्से परिसूचक१०.६१ अंकले घट्याे
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से सोमबार १० दशमलव ६१ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २६ सय ३३ अंकमा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन ९ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ९२ करोडको कारोबार भएको छ । १०६ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने ९ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले घटेको फाइनान्समा यस दिन आकर्षण देखिएको छ ।
अघिल्लो दिन फाइनान्स सेक्टर ४.७६ प्रतिशत घटेकोमा सोमबार ३.४६ प्रतिशत बढेको छ । विगत लामो समयदेखि फाइनान्स कम्पनीहरूको मूल्य घटेका कारण यतिबेला सस्तो मूल्यमा आउँदा खरिद पक्ष बलियो देखिएको हो ।
फाइनान्सका अलवा विकास बैंक ०.७२, हाइड्रोपावर ०.३५, उत्पादन ०.६७, माइक्रोफाइनान्स ०.०४ प्रतिशत बढे । व्यापार १.८३, अन्य १.६६, निर्जीवन बीमा ०.६७, जीवन बीमा १.१०, लगानी ०.७७, होटल तथा पर्यटन ०.५१ तथा बैंकिङ ०.५५ प्रतिशत घटेका छन् । न्यादी हाइड्रोपावर, जानाकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ ।

.gif)