sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रबि लामिछानेको मुद्दामा बहस सकियो

१३ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा छुनछेक बहस सकिएको छ ।

 बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दामा सुरू भएको थुनछेक बहस आइतबार दिउँसो सकिएको हो । यस मुद्दामा अब केही बेरमा आदेश आउन सक्ने सम्भावना छ । लामिछानेको तर्फबाट केही वकिलको बहस बाँकी रहँदा आइतबार पनि उनलाई अदालतमा उपस्थित गराएर बहस सुरू गरिएको थियो ।

लामिछानेको तर्फवाट वरिष्ठ अधिबक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, सुशील पन्त र नारायण कँडेललेलगायतले बहस गरेका छन । सरकारी वकिलले जवाफी बहस गरेपछि आदेश आउने सम्भावना छ । लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए । त्यस दिनपछि लामिछाने हाजिरी जमानीमा रिहा भइरहेका छन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाड्दै आएको छ ।