sevenstartv.com १७ असार २०८३, बुधवार

वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने सरकारको तयारी

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । 

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीको व्यवस्थापनको लागि सरकार लागिपरेको बताएका हुन् । 

उनले वैदेशिक रोजगारमा जाने श्रमिक ठगिने  क्रम बढिरहेको उल्लेख गर्दै यसको न्युनिकरणका लागि सरकार लागि परेको बताए । उनले वैदेशिक रोजगारसम्बन्धीका मुद्दा जिल्ला तहको अदालत र स्थानीय प्रशासनले हेर्नेगरी कानुन परिमार्जन गर्नुपर्ने बताएका छन् । 

यो पनि पढ्नुहोस्