sevenstartv.com ७ पुष २०८२, सोमवार

लगातार ४ दिन बढेको सेयर बजार आज भने ११ अंकले घट्यो

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । लगातार ४ दिन बढेको शेयर बजार बिहीबार भने घटेको छ । सेयर बजार परिसूचक नेप्से विहीबार ११ दशमलव १० अंकले घटेर २ हजार ६५४ दशमलव ३५ विन्दुमा झरेको छ । 

बिहीबार विकास बैंक र उत्पादनबाहेक सबै समूहको सेयर घटेको छ । यस दिन फाइनान्स समूहको सेयर सबैभन्दा धेरै झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ । यस्तै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रो कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन सामुदायिक लघुवित्त, कर्पोरेट विकास बैंक र सिकलेस हाइड्रोको सेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ९ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ५१ लाख कित्ता सेयर ७ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्