sevenstartv.com ७ पुष २०८२, सोमवार

गुणस्तरीय सेवा प्रवाह र सुशासनमा केन्द्रीत हुन सरकारले अध्यादेश ल्याएको अर्थमन्त्री पौडेलको तर्क

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताएका छन् । 

राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समयको अभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताएका हुन् । उनले मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको उल्लेख गर्दै अर्थतन्त्रका समस्या चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस गरिरहेको बताए । 

मन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई गतिशिल, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा सरकार लागिरहेको बताए । उनले अहिलेको सरकारले कुनै औषत काम गरेर एउटा सरकारको सूचिमा अर्को एउटा सरकार भएर दिन बिताउने पक्षमा नरहेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्