एएफसी च्यालेञ्ज लिग : चर्च ब्वाइज र पाराेबीच प्रतिस्पर्धा
काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा आज चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन ‘पारो एफसी’बीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरू हुनेछ । चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्न आफ्नो टोली तयार रहेको बताएका छन् ।
कप्तान अनन्त तामाङले पनि आफ्नो टोली शारीरिक र मानसिक रूपमा भुटानसँग खेल्नका लागि तयार रहेको दाबी गरेका छन् । पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको भन्दै खेल रोचक बन्ने बताए ।
गत वर्ष पनि पारो एफसी कप छनोट खेल खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पराजित भएको थियो । जापानका स्टार फुटबल खेलाडी केइसुके होण्डाले आज नेपालविरुद्ध खेल्ने भएकाले खेल निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

.gif)