sevenstartv.com १७ असार २०८३, बुधवार

मधेस सरकारले सुरु गर्याे स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मधेस प्रदेश सरकारले स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल सुरु गरेको छ । 

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा मंगलवार जनकपुरधाममा स्थानीय तहको कानुन तर्जुमासम्बन्धी छलफल शुरु गरेको हो । छलफल कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघ, प्रदेश र स्थानीय तहको कानून नबाझियोस् भनेर छलफल सुरु गरेको बताए । 

उनले तीन तहको सरकारबीच समन्वय जरुरी रहेको बताएका छन् । उनले तीन तहको संरचनामा रहेका जनप्रतिनिधिबीच पनि समन्वय जरुरी रहेको उल्लेख गरे । 

यो पनि पढ्नुहोस्