sevenstartv.com ७ पुष २०८२, सोमवार

नेप्से परिसूचक ६.७८ अंकले बढ्याे

७ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ६.७८ अंक बढेको छ । २६०७ मा कायम भएको छ । कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडको भयो ।

११८ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै २.५३ प्रतिशत घट्यो भने अन्य सेक्टर २.१३ प्रतिशत बढ्यो । बैंकिङ ०.२०, विकास बैंक ०.६०, हाइड्रोपावर ०.०२ र माइक्रोफाइनान्स ०.०४ प्रतिशत घटे । होटल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बीमा ०.०४, उत्पादन १.६८, निर्जीवन बीमा ०.२३ र व्यापार समूह १.०६ प्रतिशत बढे ।

मानुषी लघुवित्तको मूल्य ९।०५ प्रतिशत बढ्यो । रिभर फल्स पावरको ७.७, दोल्ती पावरको ७.४, मध्यभोटेकोशीको ५.८, बाराही हाइड्रोपावरको ५.७, हिमालयन पावर पार्टनरको ५.६ तथा नेपाल पुनर्बीमा कम्पनीको ४.८४ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्त, सुपरमादी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो ।

नेपाल फाइनान्सको ७.१५, जानाकी फाइनान्सको ६.९७, नारायणी डेभलपमेन्टको ५.९७, लुम्बिनी विकास बैंकको ४.५५ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा रिभर फल्स पावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा कम्पनी र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्