sevenstartv.com ७ पुष २०८२, सोमवार

बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अर्थमन्त्री पौडेलकाे आग्रह

७ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । 

सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका हुन् । 

उनले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने जनाए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्